Ad Image

लोडसेडिङ नभएको दाबी गर्दै हितेन्द्रदेव शाक्यले भने: प्राविधिक समस्यालाई कुप्रचार गरियो

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hitendra4.jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशमा कहीँ पनि लोडसेडिङ नभएको भन्दै प्राविधिक समस्यालाई कुप्रचार गरिएको दाबी गरेका छन् । विद्युत आपूर्तिमा समस्या आएपछि चितवन पुगेका शाक्यले पत्रकारसँग यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको दाबी गरेका छन् । उनले चितवनमा मंगलवार साँझसम्म लाइन विद्युत आपूर्तिको समस्या समाधान हुने समेत बताए । 

शाक्यले भने, ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो । गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो । अब मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ । अहिलेको जस्तो अवस्था आउँदैन ।’

उनले पानी नपरेका कारण किसानहरुले खेतमा गाडिएका बोरिङ्ग सबै एकैतिर चलाउँदा लोड धान्न नसकेको समेत बताए ।