Ad Image

माधव नेपालको वारेस राख्ने निवेदन विशेष अदालतद्वारा अस्वीकृत

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Madav-nepal-mk.jpg

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

राजनीतिक कार्यक्रमका कारण देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै नेपालले वारेस राख्ने अनुमति माग गर्दै विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो निवेदन अस्वीकृत गरेको हो ।

अदालतमा मुद्दा मामिलाका क्रममा सम्बन्धित व्यक्ति नियमित उपस्थित हुन नसके वारेस राख्ने अनुमति दिइन्छ । यद्यपि, रिट प्रकृतिका विवाद र देवानी मुद्दामा अदालत उदार रहे पनि फौजदारी मुद्दा, खासगरी ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा वारेस राख्ने मामिलामा भने कठोर रणनीति अपनाउने गर्छ ।