राष्ट्रियसभामा जलस्रोत विधेयकमाथि छलफल अन्तिम चरणमा


काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको दफावार छलफल अन्तिम चरणमा पुर्याएको छ ।
समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार, अबको दुई\तीन वटा बैठकमा छलफल सकिनेछ ।
सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत तथा समन्वयात्मक विकास गर्न, साथै जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्यूनीकरण गर्न यो विधेयक ल्याएको हो ।
वि.सं. २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको यो विधेयक २०८२ जेठ ५ गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।