Ad Image

पर्यटनमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badri-pande-pashupati-awalokan-photo-5-saun.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले भक्तजनको सहज प्रवेश र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए ।

उनले कोषका पदाधिकारी र कर्मचारीलाई सहज दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए ।

कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीका अनुसार, चक्रपथबाट पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई चारवटा सवारीसाधनमार्फत दिनभर निःशुल्क सेवा प्रदान गरिएको थियो ।

साउने झरी परिरहे पनि बेलुकी ७ः०० बजेसम्म करिब १ लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान छ ।