सर्लाहीमा स्कुल बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृ*त्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा आज एक स्कुल बसले किचेर पाँच वर्षीया बालिका आशिका महतोको मृत्यु भएको छ ।
ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म.प्र. ०३–००१ क २५४२ नम्बरको टेमुको एकेडेमीको स्कुल बसले घर पुर्याउने क्रममा ओर्लंदै गर्दा बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते बालिकालाई तत्काल जीवन नारायण अस्पताल बयलबासमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाको पुष्टि गरेका छन् ।