रहस्यमय बेपत्तापछि हायु परिवार पोखरामा, प्रहरीले फिर्ता ल्याउँदै


काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरका बेपत्ता हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले उनीहरू गगनगौँडामा भेटिएको जानकारी दिए ।
शनिबार राति पोखराको होटल जननीमा बसेका उनीहरू आइतबार बिहानै होटलबाट हिँडेका थिए ।
खोजी गर्ने क्रममा हायु परिवारका ४ जना चन्द्र भण्डारीको घरमा र बाँकी १२ जना अर्को घरमा फेला परेको प्रहरीले जनाएको छ ।
हाल प्रहरी टोली उनीहरूलाई ल्याउने तयारीमा रहेको र सिन्धुली प्रहरीसँग समन्वय गरी नाम रुजु गर्ने काम भइरहेको कास्की प्रहरीले बताएको छ ।