सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला


काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा फेला परेका छन् । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेको खुलेको छ ।
होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार, हायू परिवार शनिबार होटलमा आएर आइतबार नै चेकआउट गरी निस्किएका थिए ।
उनीहरूले तीनवटा कोठा लिएका थिए भने सदस्य संख्या १५]१६ जना रहेको अनुमान गरिए पनि यकिन विवरण खुल्न बाँकी छ ।
होटल सञ्चालकले यसबारे प्रहरीलाई खबर गरिसकेका छन् ।