प्रचण्ड भन्छन्– ‘पार्टीभित्रको किचलो मिलिसक्यो, कुनै विवाद छैन’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।
समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीभित्रको किचलो सबै मिलिसकेको छ। पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’
पछिल्ला केही दिनयता प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी सतहमा आएको थियो । सार्वजनिक मञ्चबाटै दुई नेताहरूले एक–अर्कालाई लक्षित गर्दै टिप्पणी गरेपछि पार्टीभित्र आन्तरिक विवाद चर्किएको थियो ।