प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडीसी ग्राजुएसन) बारे सम्बोधन गर्नेछन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन, २०८१ माथि उठेका प्रश्नहरूको जवाफसहित प्रधानमन्त्रीले अपराह्नको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यो सम्बोधनले नेपालको भावी आर्थिक दिशा र स्तरोन्नतिको प्रक्रियाबारे महत्त्वपूर्ण जानकारी दिने अपेक्षा गरिएको छ ।