Ad Image

रास्वपा संसदीय दलको बैठक भैरहवामा जारी, आगामी रणनीतिबारे छलफल

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp sansdiya.jpeg

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक रुपन्देहीको भैरहवास्थित होटल रमादामा जारी छ । सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि रास्वपा नेताहरू बैठकमा सहभागी भएका हुन् ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, भ्रष्टाचारका मुद्दामा पार्टीको अडान र आगामी रणनीतिबारे समीक्षा भइरहेको छ । बैठकपछि सांसदहरूले पार्टीको हस्ताक्षर अभियानमा सहभागी हुने र रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि मतदाताको मनोभावना बुझ्ने कार्यक्रम रहेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । यस क्षेत्रमा रास्वपाले वडा तहसम्म संगठन निर्माण गरिरहेको र करिब २० हजार हस्ताक्षर संकलन गरिसकेको क्षेत्रीय सभापति मधु अर्यालले जानकारी दिए । यद्यपि, बैठकमा उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले स्पष्ट पारे ।