राजेश अहिराजलाई थुनामा पठाउन आदेश

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश पीताम्बर शर्माले अहिराजलाई थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएका हुन् । अहिराजले घाँटी र मुख थिचेर बलात्कार गरेको २३ वर्षीया युवतीकाे जाहेरीका आधारमा प्रहरीले उनलाई गत साउन ४ मा गते पक्राउ गरेको थियो ।
थुनछेक बहसपछि अहिराजलाई थुनामा पठाउने आदेश दिइएकाे हाे । किशाेरीले कोठामा आएर आफूलाई बलात्कार गरेको तथा घटना दबाउन बारम्बार धम्की दिएको दाबी गरेकी छिन् । अहिराजले भने आफू निर्दाेश रहेकाे दाबी गर्दै आइरहेका छन् ।