Ad Image

सिरहाको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा आउँदै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_3747 (1).jpg

सिरहा । सिरहाको लहानस्थित खुट्टी सिँचाइ नहर निर्माण सम्पन्न भएको चार वर्षपछि सञ्चालनमा आउने भएको छ । करिब ९ करोड लागतमा ’हेडवक्र्स’ निर्माण भए पनि बजेट अभाव र समन्वयको कमीले रोकिएको नहरलाई अब मधेश प्रदेश सरकारले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट सफाइ र सुधार गरी सञ्चालनमा ल्याइनेछ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाका अनुसार, नहर सञ्चालनका लागि अवरोधको पहिचान र निराकरण गर्न आज मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिसस सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबीच सहमति भएको छ ।

सिँचाइ डिभिजन प्रमुख हस्मत अन्सारीले बजेट अभावका कारण विगत तीन वर्षदेखि नहर सञ्चालन हुन नसकेको बताए । यो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चारवटा पालिकाको ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुग्ने लक्ष्य छ ।