बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ स्थगित


बागमती । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गरेका थिए ।