आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाह


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीको पक्षमा मत हाल्न ‘ह्विप’ जारी गरिसकेका छन् ।
नाउपाले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।