डेढ किलो कोकिनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शंकास्पद गतिविधि देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको थियो ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, पक्राउ परेकी महिलाले ह्यान्डब्यागलाई प्लास्टिकको ट्युब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । सोधपुछका क्रममा कोकिन लिन आएका अर्का एक भारतीय नागरिकलाई पनि बुधबार पक्राउ गरिएको छ ।
प्रहरीले दुवैविरुद्ध विस्तृत अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ । ब्यूरोले हालै रसियनसहित अन्य देशका नागरिकहरूलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ ।