Ad Image

विदेशबाट एक वर्षमा १२ सय नेपालीको श*व स्वदेश ल्याइयो

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bjhzgd jhbdv.jpg

काठमाडौं । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न देशमा मृत्यु भएका १ हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ । यीमध्ये ७० वटा शव विदेशमा अलपत्र अवस्थामा भेटिएका थिए ।

बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनले शव ल्याउने सिलसिला अघिल्लो वर्षभन्दा बढेको र आगामी दिनमा यसलाई घटाउने लक्ष्य राखिएको बताए । शव व्यवस्थापनका लागि दुईवटा नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना पनि बोर्डले बनाएको छ ।

बोर्डले गत आर्थिक वर्षमा १,२५० मृतकका परिवारलाई आर्थिक सहयोग गरेको र अंगभंग तथा अस्वस्थ भएका ६९८ कामदारलाई पनि सहयोग रकम प्रदान गरेको जनाएको छ । त्यस्तै, कामदारका ९९० जना सन्ततिलाई छात्रवृत्ति दिइएको छ ।

डा.उप्रेतीका अनुसार, वैदेशिक रोजगारीबाट फर्केका सफल उद्यमीहरूलाई प्रोत्साहन गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम आयोजना गरिने र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रमलाई पनि समयसापेक्ष बनाउने कार्य भइरहेको छ ।