Ad Image

रेशम प्रकरण : शाखा अधिकृत बिष्टलाई पुर्पक्षका लागि थुनामा नराख्ने उच्चको आदेश

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Mahiman sing bista.jpg

काठमाडौं । रेशम चौधरीलाई थुनामा राख्न पत्राचार गरेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टलाई जिल्ला अदालतले दिएको १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि बिष्टले आफूलाई साधारण तारेखमा छोड्न माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । यता, पीडित रेशम चौधरीले भने बिष्टलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने मागसहित निवेदन दिएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले दुवै पक्षको बहसपछि जिल्ला अदालतको आदेशलाई नै सदर गर्ने निर्णय गरेको हो । अदालतले पीडितको निवेदनलाई पनि कानूनअनुसार प्रक्रिया अघि बढाउन निर्देश गरेको छ ।