Ad Image

मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/2 pradesh.PNG

सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन्। 

अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । उनले भने, “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । कुनै पनि नागरिकले सेवा लिन आउँदा अपमानित महसुस गर्नु हुँदैन । अस्पतालले नागरिकमैत्री व्यवहार र उच्चस्तरीय सेवा दिनुपर्छ ।”

विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष, र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्ने बताउँदै उनले चिकित्सक तथा कर्मचारीलाई संवेदनशील र उत्तरदायी हुन आग्रह गरे। मन्त्री सिंहले १५० शय्याको यस अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पु(याउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।