सभापति देउवालाई कोइरालाको सुझाव–सत्ता गठबन्धन बाहेकका दलका नेतासँग पनि भेट्ने गर्नुस्
No Author Assigned | २०८२ साउन १७ गते १४:५६
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन बाहेकका दलका नेतासँग पनि भेट्न सुझाव दिएका छन् । सभापति देउवाले सत्ता गठबन्धनबाहेकका दल नेतासँग नभेट्ने गरेको भन्दै सबैको अभिभावक हुन सुझाव दिएका हुन् ।
नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा बोल्दै कोइरालाले सबै दलका नेतालाई घरमै चिया खान बोलाएर देश विकासका बारेमा छलफल गर्न देउवालाई आग्रह गरेका हुन् ।
उनले भने, ‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो । तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ ।’
नेता कोइरालाले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने बताए । उनले कांग्रेसलाई बलियो बनाउन भने कांग्रेसलाई युवा माझ लिएर जानुपर्ने धारणा समेत राखे। लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउन जरुरी रहेको उनको भनाइ छ ।
Facebook Comments