Ad Image

खानेपानी उपभोक्ता समितिलाई १ करोड २९ लाख विद्युत् महसुलमा अनुदान

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tanahu khanepani.jpg

तनहुँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । 

आर्थिक वर्ष २०८०\२०८१ को जेठदेखि २०८१\२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए ।  

गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनी बताउँछन् । 

यहाँ २५ हजारदेखि चालिस हजारसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्म ५०, ६० हजारदेखि ८० हजारसम्म २५ र ८० हजारदेखि एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ । 

‘उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ’, उनले भने, ‘६\६ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।’