कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आग*लागी


दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आज आगलागी भएको छ । विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको हो ।
आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
आज दिउँसो खाजा खाने समयमा धुवाँ देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।