पूर्वसंरक्षण अधिकृत यादवको यादवको सम्मानमा हात्तीको नाम ‘रामप्रितगज’


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा एउटा हात्तीको छावाको नाम ’रामप्रितगज’ राखिएको छ ।
खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा भएको न्वारनमा ’तमोरकली’ हात्तीले जन्माएको तेस्रो सन्तानको यो नामकरण गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, निकुञ्जको स्थापनाकालदेखि नै संरक्षणमा महत्त्वपूर्ण योगदान दिएका यादवको सम्मानमा यो नामकरण गरिएको हो ।
यादव निकुञ्जको रेञ्जर पददेखि प्रमुख संरक्षण अधिकृतसम्मको भूमिकामा रहेर काम गरिसकेका छन् । ’रामप्रितगज’ को जन्म साउन ७ गते भएको थियो। यहाँ जन्मिने भाले हात्तीको नामको पछाडि ’गज’ र पोथीको नामको पछाडि ’कली’ राख्ने प्रचलन रहेको छ ।
हाल यस केन्द्रमा २२ वटा हात्ती छन् भने निकुञ्जभरि कुल ५८ वटा हात्ती रहेका छन् । विसं २०५० देखि बच्चा जन्मिन सुरु भएको यस केन्द्रमा अहिलेसम्म ६९ वटा बच्चा जन्मिसकेका छन् ।