Ad Image

ताप्लेजुङको लामपोखरी पर्यटकीय गन्तव्यको पर्खाइमा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_1711.JPG

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को लोदेन क्षेत्रमा रहेको मनमोहक लामपोखरी पर्यटकको पर्खाइमा छ । हरियाली घाँसे मैदानको बीचमा रहेको यो पोखरी यस क्षेत्रकै एक प्रमुख आकर्षण हो ।

स्थानीय शेर्पा समुदायले ‘छोनासिङ पोखरी’ भन्ने गरेको यो पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यसको अण्डाकार स्वरूप र वरिपरिको सुन्दर हरियाली दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गर्छ ।

यद्यपि, यो क्षेत्रको प्रचारप्रसार र पूर्वाधारको अभावमा अपेक्षित संख्यामा पर्यटक पुग्न सकेका छैनन् । यहाँ पुग्न करिब एक साता लाग्छ र मानव बस्ती नभएकाले पर्यटकले बस्नका लागि याकगोठ वा भेडीगोठको भर पर्नुपर्छ । केही स्थानमा भने स्थानीय समुदायले धर्मशाला बनाएका छन् ।

पछिल्लो समय गाउँपालिकाले यस क्षेत्रको प्रवद्र्धनमा चासो देखाउँदै चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । अहिले आन्तरिक पर्यटकहरू भने यहाँ पुग्न थालेका छन् ।