बहुविवाह सम्बन्धी विवादित विधेयकमा सरकारको जवाफ माग

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM_U3A6774.jpg

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई कानुनी छुट दिने भनी चर्चामा आएको मस्यौदा विधेयकप्रति आपत्ति जनाउँदै सरकारको जवाफ माग गरेका छन् ।

शून्य समयमा बोल्ने सांसदहरूले मुलुकी अपराध संहिता, २०७४ को मर्मविपरीत बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन नहुनेमा जोड दिए ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले बहुविवाहबारे सरकारको धारणा के हो भनी प्रश्न गर्दै सदनलाई जवाफ दिन माग गरे ।

सांसद शान्ति विकले ’घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिँदा महिलाको अधिकार हनन हुने’ भन्दै यस्तो कानुन तुरुन्त फिर्ता लिन आग्रह गरिन् ।

अन्य सांसदहरूले पनि दशकौँदेखि महिला अधिकारको लागि भएका प्रयासविपरीत यो प्रस्ताव आएको भन्दै आपत्ति जनाए ।


Facebook Comments