प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो


तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको क्रममा भएको भेटवार्तामा ओलीले आगामी वर्ष नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
भेटपछि प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन दुईपक्षीय हित र सहकार्यका विषयमा छलफल भएको बताए ।
उनले तुर्कमेनिस्तानले छोटो समयमा गरेको विकासको प्रशंसा गर्दै नेपाल पनि २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद पनि दिएका थिए ।
Facebook Comments