मधेसमा तत्काल डिपबोरिङको व्यवस्था गर्न सांसदहरूको माग


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुख्खाग्रस्त मधेस प्रदेशमा तत्काल डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहत नपुगेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरे ।
सांसद रामकृष्ण यादवले खडेरीका कारण मधेसमा पानीको अभाव भइरहेको र सरकारले डिपबोरिङको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
यस्तै, सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचयपत्र प्राप्त गरेका बिरामीलाई उपचारमा सहयोग उपलब्ध गराउन कार्यविधि संशोधन गर्न माग गरे ।
सांसद अमनलाल मोदीले ’कुलिङ अफ पिरियड’, मन्त्रीहरूको लेनदेन र किसानले मल नपाएकाजस्ता समसामयिक विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।
सांसद रमा कोइराला पौडेलले भने विदेशमा दुःख पाएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
Facebook Comments