सप्तरी गो*लीकाण्ड : प्रहरी निरीक्षकमाथि कर्तव्य ज्यान मुद्दा चलाउन ज्ञापनपत्र

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000206253.jpg

सप्तरी । सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय सङ्घर्ष समिति गठन भएको छ ।

स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा बनेको यस समितिले आज प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा गोली चलाउने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा चलाउन र प्रहरी उपरीक्षकलाई विभागीय कारबाहीको माग गरिएको छ ।

साथै, घटनाको उच्चस्तरीय छानबिन, मृतक यादवलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन र सीमा क्षेत्रमा प्रहरी आतङ्क बन्द गर्न पनि माग गरिएको छ ।

यदि २४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ । 

प्रहरीले मदिरा तस्करी रोक्न जाँदा झडप भएपछि गोली चलाएको बताएको छ भने मृतकका परिवारले नियन्त्रणमा लिएर गोली चलाएको आरोप लगाएका छन् ।


Facebook Comments