सोमबारदेखि बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा


तनहुँ । जिल्लाको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् ।
१५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु विद्यालय नगई बेपत्ता भएका थिए ।
उनीहरु परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । किशोरीहरुले आफूहरुलाई खोज्न पर्दैन भनेर भनेको उनले उल्लेख गरे ।
सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।
Facebook Comments