पर्वतमा एक वर्षमा ४५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kalopatre sadak.jpg

पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०८१\८२ मा ४५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे र ढलान गरिएको छ । जिल्लाका सबै वडा र टोलमा सडक पुगे पनि अधिकांश सडक हिउँदमा मात्र चल्ने गरेकोमा यस वर्ष सडकको स्तरोन्नतिमा जोड दिइएको हो ।

संघीय र प्रदेश सरकारका विभिन्न कार्यालयहरूमार्फत यो काम गरिएको हो । सबैभन्दा बढी सडक डिभिजन कार्यालय पोखराले १३.६६ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

यसैगरी, गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयले १०.०९८ किलोमिटर, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीले ८.२८६ किलोमिटर, र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले ५.२१७ किलोमिटर सडक पक्की बनाएका छन् ।

गत आर्थिक वर्षमा पूर्वाधार कार्यालयले ७५.७७ प्रतिशत वित्तीय र ७८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यद्यपि, बजेटको दोहोरोपना, अपुग र जग्गा विवादका कारण केही आयोजनाहरू अघि बढ्न सकेनन् । चालू आर्थिक वर्षमा ७५ वटा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ ।


Facebook Comments