महिला फुटबलमा नेपालको ऐतिहासिक छलाङ

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-football-1729993268.jpg

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला फुटबल टोलीले १३ स्थानको छलाङ मारेको छ ।

यससँगै नेपाल हालसम्मकै उच्च वरियतामा उक्लिँदै ८७औँ स्थानमा पुगेको छ ।

पछिल्लो समय नेपालले एएफसी छनोटमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोल अन्तरले हराएको थियो । यस्तै, उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो ।

यही उत्कृष्ट प्रदर्शनका कारण नेपालले १२४८.८९ अंक जोड्दै यो सफलता हासिल गरेको हो ।


Facebook Comments