विद्या भण्डारी पक्षधरले छुट्टै कार्यालय स्थापना गर्दै

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya bhandari 1.PNG

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । 

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उनका समर्थकहरूले यो कदम चालेका हुन् । थापागाउँमा भाडामा लिइएको घरबाटै मदन भण्डारी र त्यसपछि विद्या भण्डारीले पनि चुनावी अभियान चलाएका थिए ।

अहिले यही घरमार्फत एमालेभित्र अन्तरसंघर्षका गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय समिति बनेको छ ।

यो समितिले मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन र जनताको बहुदलीय जनवाद (जबज) बारे विमर्श गर्ने भनिएको थियो । तर, पछिल्लो घटनाक्रमले यसलाई एमालेभित्रको गुटबन्दीको केन्द्र बनाउने सङ्केत देखिएको छ ।


Facebook Comments