प्रधानाध्यापक बनेपछि शिक्षक महासंघको सदस्यता स्वतः निष्क्रिय हुने

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Meeting-.jpg

काठमाडौं । अब नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा उसको सदस्यता स्वतः निष्क्रिय हुने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यो प्रस्ताव पारित गरेको हो ।

बिहीबार बसेको समिति बैठकले सहमतिमा तयार भएको उक्त प्रस्ताव पारित गर्दै प्रधानाध्यापकमा नियुक्त भएको व्यक्तिले आफ्नो पदमा रहुन्जेलसम्म महासंघको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।

साथै, महासंघको सदस्य भएको कारणले कसैले पनि थप सेवा सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।


Facebook Comments