हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौँ : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSSImage2025-08-07PMOli.jpg

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने क्रम रोक्न विश्व समुदायलाई मिलेर काम गर्न आग्रह गरेका छन् । 

हिमनदी पग्लँदा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूमा पर्ने जलवायु परिवर्तनको असरसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमालय बचाउन ठोस कार्यको खाँचो रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “हिमालका आवाज पग्लने बरफमुनि मरेर नजाओस्। यसको रक्षाका लागि नेपाल सँगै काम गर्न, नेतृत्व गर्न र साझेदारी गर्न तयार छ ।”

उनले हिमालय अर्बौं मानिसको जीवन र पहिचानसँग जोडिएको भन्दै यसलाई बचाउन कार्बन उत्सर्जन गर्ने मुलुकहरूले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए ।

ओलीले जलवायु परिवर्तनका कारण नेपालले हिमनदी ताल फुटेर आएको बाढीको विनाश भोगिसकेको र यस्ता विपत्तिहरू बारम्बार भइरहेको स्मरण गराए ।

उनले हिमनदी पग्लने समस्या नेपालको मात्र नभई विश्वकै साझा समस्या भएको र यसको समाधानका लागि विश्व साझेदारी आवश्यक रहेको बताए ।


Facebook Comments