कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा चुरे संरक्षणका लागि सहकार्यमा जोड


सिरहा । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण र जलवायु परिवर्तनको असर कम गर्न तीनै तहका सरकार र स्थानीयबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
सिरहाको लहानमा नवनिर्मित व्यापारिक भवनको उद्घाटन गर्दै उनले यो कुरा बताएका हुन् । कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणबाट मधेशमा देखिएका वातावरणीय समस्या समाधान हुने बताए ।
उनले भवन निर्माणको काम समयमै सम्पन्न भएकोमा सहरी विकास तथा भवन निर्माण विभागको प्रशंसा गर्दै यसले अन्य आयोजनाका लागि पनि सकारात्मक सन्देश दिएको बताए ।
Facebook Comments