जिप दु*र्घटना हुँदा कालिकोटमा ७ जना घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा आज बिहान भएको जिप दुर्घटनामा ७ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको जिप कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट सडकखण्डको गोलुवामा बिहान करिब ८ः३० बजेतिर सडकबाट १०० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार, घाइतेहरूको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


Facebook Comments