लागुऔषधसहित ब्राजिलियन महिला पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक ब्राजिलियन महिला पक्राउ परेकी छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले २१ वर्षीया एमिली मिकाएल सान्तोस फेरेरालाई उनको ब्राभित्र लुकाइएको अवस्थामा पक्राउ गरेको हो ।
ब्युरोका सह–प्रवक्ता जीवन निरौलाका अनुसार, साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी फेरेरा नेपालबाट भुटान जाने तयारीमा थिइन् ।
प्रस्थान कक्षमा चेकजाँचका क्रममा शङ्का लागेपछि उनको तलासी लिँदा १ किलो ९५० ग्राम कोकिन बरामद भएको थियो ।
पक्राउ परेकी फेरेरामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments