उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी


उदयपुर । त्रियुगा नगरपालिका–७, नमुना चोकमा जन्मदिनको भोज खाएका २७ जना बिरामी परेका छन् ।
साउन २१ गते जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा भोज खाएपछि उनीहरूलाई झाडापखाला र बान्ता भएको थियो ।
बिरामी पर्नेमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन् । उनीहरूलाई साउन २२ गते राति जिल्ला अस्पताल, उदयपुरमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार, भर्ना गरिएकामध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्, भने एक जना बालकको उपचार जारी छ र उनको अवस्था सामान्य रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments