मुख्यमन्त्री बानियाँ साउन २७ गते विश्वासको मत लिँदै


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बानियाँले सभामुख भुवनकुमार पाठकलाई संसद् बैठक बोलाउन जानकारी गराइसकेका छन् । उनी कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
हाल उनले मुख्यमन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीलाई सरकारमा सहभागी गराएका छन् । बाँकी ६ वटा मन्त्रालयको जिम्मेवारी भने उनकै काँधमा छ ।
Facebook Comments