दूतावासले भन्यो– उत्तराखण्डको बाढीपहिरोमा मृ*त भेटिएका नेपाली होइनन्

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1754528855-CwreU.jpg

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हालै आएको बाढीपहिरोमा कुनै पनि नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

उत्तराखण्ड प्रहरीका अनुसार, उत्तरकाशी जिल्लाको पहिरोबाट ३७२ जनाको सकुशल उद्धार गरिएको र दुई जनाको शव बरामद भएकोमा उनीहरू कोही पनि नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेको छ ।

यद्यपि, पौडी गढवाल जिल्लाको बागोडामा भने पाँच जना नेपाली हराइरहेको जानकारी प्राप्त भएको छ । दूतावासले घाइते भएका चार जनामध्ये तीन जना घर फर्किएको र एक जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निर्देशनपछि दूतावासले खोजी, उद्धार र उपचारका लागि उत्तराखण्ड सरकार र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ ।


Facebook Comments