रामहरि खतिवडालाई पदबाट हटाउने कांग्रेसकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।
संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको विवादमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष पार्टीको छानबिन समितिले निकालेपछि यो निर्णय गरिएको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदनमा खतिवडालाई जिम्मेवार ठहर गरिएको थियो ।
संसदीय समितिबाट पारित भएको विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को व्यवस्था निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट विधेयक पास भएपछि खतिवडा विवादमा आएका थिए ।
कांग्रेस स्रोतका अनुसार, शीर्ष नेताहरूबीच खतिवडालाई राजीनामा दिन लगाउने विषयमा सहमति बनिसकेको छ र पार्टीले एक–दुई दिनभित्रै उनलाई निर्देशन दिने तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवा पनि खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।
Facebook Comments