घुस लिएको आरोपमा कल्याणपुरका मेयर साहविरुद्ध मुद्दा दायर

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kalyanpur mayor-akhtoyar.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नाला निर्माणको ठेक्का भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अख्तियारको टोलीले मेयर साहलाई यसअघि नै बिचौलियामार्फत घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानबाट मेयर साहले कल्याणपुर–६ स्थित पक्की नालाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारका भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै शुक्रबार आरोपपत्र दायर गरिएको छ ।


Facebook Comments