‘मानव बेचबिखन ऐन’मा यौ*न शोषणलाई पनि समेट्न माग


काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनमा आन्तरिक बेचबिखन र बढ्दो यौनशोषणलाई पनि समेट्न माग गरेको छ ।
माइती नेपालका उपनिर्देशक अच्युतकुमार नेपालले पीडितको अदालतमा बकपत्र थुनछेकसँगै अगाडि बढाउनुपर्ने र पीडितको संरक्षण, सुरक्षा तथा पारिवारिक पुनर्मिलनलाई ऐनमा स्पष्ट पार्नुपर्ने बताए ।
यस्तै, अधिवक्ता उमा तामाङले अपराध पीडित बालबालिकाका लागि बालमैत्री सेवा केन्द्रको व्यवस्था ऐनमा स्पष्ट हुनुपर्नेमा जोड दिइन् । सांसदहरूले गोपनियताको व्यवस्था र पीडितको आर्थिक खर्च सरकारले व्यहोर्नुपर्ने विषयमा पनि जोड दिएका छन् ।
समितिका सभापति किरणकुमार शाहले पीडितको मृत्यु भएमा सन्तानले सहजै क्षतिपूर्ति पाउने लगायतका व्यवस्थालाई विधेयकमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments