साउदी अरेबियामाथि नेपालको रोमाञ्चक जित

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/528780481_1066398332319318_3799051258392879982_n.jpg

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई १–० ले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ । नेपालका लागि निर्णायक गोल खेलको ९० मिनेटमा शुक्रिया मियाँले गरेकी थिइन् ।

थिम्पुको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले गोल गर्ने अवसरहरू पाएको थियो, जसमा ३७औँ मिनेटमा पाएको पेनाल्टी पनि थियो, तर मीना देउवाको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो ।

यो जितसँगै नेपालको समूहविजेता बन्ने सम्भावना कायम रहे पनि बलियो टोली उत्तर कोरियासँगको खेल बाँकी छ । नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो, भने साउदी अरेबिया उत्तर कोरियासँग १५–० गोलले पराजित भएको थियो ।

यस छनोट प्रतियोगिताबाट प्रत्येक समूहको विजेता र ३ उत्कृष्ट उपविजेता एसियन कपका लागि छनोट हुनेछन् ।


Facebook Comments