एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
एकीकृत समाजवादीले भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बिहान ११ बजे बस्नेछ । स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे नै बस्नेछ ।
Facebook Comments