कैलाली कारागारमा भएको झडपबारे छानबिन गर्न समिति गठन

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kailali-Jail.jpg

काठमाडौं । कैलाली कारागारमा भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् । समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । 

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । घाइते भएका ४७ जना सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments