कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं ल्याइँदै

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kailali-Jail.jpg

काठमाडौं । गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ ।
 
शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिबसहित तीन वटै सुरक्षा निकायका प्रमुखसहित घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो । साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उतको सचिवालयले जनाएको छ ।
 
छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ  ल्याउने तयारी गरिएको र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराए ।
 
“कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्”, प्रवक्ता काफ्लेले भने, “झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।” बैठकमा कारागारको आन्तरिक सुरक्षालगायत विषयमा छलफल भएको थियो ।  

Facebook Comments