प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, मन्त्रिपरिषद् फेरबदलबारे छलफल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deuba-oli sir.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदलका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले सरकारको कार्यसम्पादन कमजोर भएका र विवादित बनेका मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा सभापति देउवाले भने आफ्नो पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने भएकाले मन्त्री फेरबदल गर्न अनिच्छा व्यक्त गरेका थिए । 

‘मैले पार्टीमा बल्ल बल्ल मिलाएको थिएँ, त्यसमाथि पनि विवाद भयो,’ देउवाले भने, ‘तपाईंले आफ्नो पार्टीका मन्त्रीहरू बदल्नुस्, हाम्रालाई छोडिदिनुस्।’

अहिलेसम्म एमालेले दुई मन्त्रीहरूलाई परिवर्तन गरिसकेको छ भने नेपाली कांग्रेसले कुनै पनि मन्त्रीलाई चलाएको छैन ।

बैठकमा मन्त्रिपरिषद् फेरबदलबाहेक भूमि विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि कुराकानी भएको थियो ।

उक्त छलफलमा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।


Facebook Comments