इजरायलले गो*ली प्रहार गर्दा गाजामा ३७ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/AFP__20250809__697C3KG_.jpg

एजेन्सी । इजरायली सेनाले शनिबार गरेको गोली प्रहार र आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार, तीमध्ये ३० जना सहायता लिन पर्खिरहेका नागरिक थिए ।

नागरिक सुरक्षाका प्रवक्ता महमुद बासलका अनुसार, उत्तरी गाजामा सहायता वितरण केन्द्र नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् ।

त्यसैगरी, मध्य गाजामा पनि आक्रमणका कारण धेरैको ज्यान गएको छ । दक्षिणी सहर खान युनिस नजिकै भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

गाजामा जारी इजरायली प्रतिबन्धका कारण खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न ठूलो अपरेशनको योजनालाई अनुमोदन गरेका छन्, जसले विश्वभर आक्रोश निम्त्याएको छ । 

नेतान्याहुले सामाजिक सञ्जालमा ‘हामी गाजालाई हमासबाट मुक्त गर्न जाँदैछौँ’ भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।


Facebook Comments