कारागारमा झडप प्रकरणः कैलालीमा सीडीओ परिवर्तन, हमाल मन्त्रालय तानिए

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/CDO-OFFICE-kailali.jpg

काठमाडौं । कारागारमा कैदीबन्दीबीच भएको झडपपछि कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ। उनलाई बुधबार गृह तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ।

यही साउन २३ गते शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै सीडीओ हमालको सरुवा गरिएको हो।  उक्त झडपमा एकजनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका थिए।  


Facebook Comments