रास्वपा र राप्रपालाई संसदीय गतिविधिमा फर्किन कांग्रेसको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ साउन २८ गते १५:४६
Image of https://mayorsap.com/storage/photos/10/RSP-1 sdsdedf.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको छ ।  सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको बैठकमा यो आग्रह गरिएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘संसद्को सदस्य भएपछि संसदीय गतिविधिमा भाग लिनु उहाँहरूको नैतिक जिम्मेवारी हो। संसद्ले नियमित रूपमा तलब भत्ता पनि दिइरहेको छ, त्यसैले भाग लिनुपर्छ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘सरकारले हाम्रो माग सुन्न चाहेन। सभामुखज्यूले भने सबै दलको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो।’

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय वा न्यायिक छानबिन समितिको माग राख्दै रास्वपा र राप्रपाले विगत दुई महिनादेखि सदन बहिस्कार गर्दै आएका छन् । परियारले संवादको ढोका खुला रहेको बताएका छन् ।


Facebook Comments